काठमाडौं : राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पृथ्वीनारायण शाहलाई सरापेर माक्र्स र माओवादीलाई माला लगाउन जानेले देश जोगाउन र बनाउन नसक्ने दाबी गरेका छन् । आज पोखरामा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेपछि उनले सामाजिक सञ्जालमा यस्तो लेखेका हुन् ।
उनले लेखेका छन्, ‘पृथ्वीनारायण शाहलाई सरापेर मार्क्स र माओलाई माला लगाउन जानेले यो देश जोगाउन र बनाउन सक्दैनन्। यसमा प्रष्ट भए हुन्छ। पोखरामा आज पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेपछि खिचेको फोटो। आज एक बजे पृथ्वी चोकमा हुने विशाल कार्यक्रममा भेट्ने अपेक्षा गरेको छु।’



