काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आब्हानमा आज सर्वदलीय बैठक बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्दैँछ।
बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भएपछिको अवस्थाका बारेमा छलफल गर्नका लागि उक्त बैठक बोलाइएको हो।



