काठमाडौं: फार्मेसी सहायक पदका लागि लिएको परीक्षामा सहभागीमध्ये एक जना पनि उत्तीर्ण नभएको लोक सेवा आयोगले जनाएको छ ।
आयोगको जलेश्वर कार्यालय र पोखरा कार्यालयले लिएको लिखित परीक्षामा कोही पनि उत्तीर्ण नभएका हुन्। आयोगले जारी गरेको सूचनाअनुसार जलेश्वर कार्यालयमा खुलातर्फ एक जना सहायक फार्मेसी पदको विज्ञापन खुलेकोमा लिखित परीक्षामा १३ जना सहभागी भएका थिए।
यसैगरी पोखरा कार्यालयमा महिला कोटामा १ जनाको माग भएकोमा लिखित परीक्षामा ३ जना सहभागी भएका थिए।



