काठमाडौँ : पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पुरानै शक्तिलाई समेटेर नयाँ शक्ति निर्माण गर्ने प्रयास असफल भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफूले पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएको बताएका छन्।
‘हामीले २०७२ सालमा यही कुराको पूर्वानुमान गरेर नयाँ अग्रगामी विचार सहितको ‘ नयाँ शक्ति’ को आवश्यकता भनेका हौँ र त्यसको निर्माणको प्रयत्न गर्दै आएका हौँ। परन्तु बिचबिचमा हामीले तिनै पतनशील पुराना शक्तिमध्ये केहीलाई साथमा लिएर जान सकिन्छ कि भन्ने आदर्शवादी प्रयत्न गर्दा त्यसमा धोका खाएर हाम्रो कोसिस अपेक्षित गतिमा परिणाममुखी बन्न सकिरहेको छैन’ सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, केही समय यता हामी आफ्ना गल्ती कमजोरीलाई सच्याएर नयाँ ढङ्गले अग्रगामी वैकल्पिक शक्ति निर्माण अभियानमा पुनः केन्द्रित भइरहेका छौँ।’



