काठमाडौं : जाजरकोट र पश्चिम रुकुमका विभिन्न स्थानमा भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति राप्रपाले दुःख प्रकट गरेको छ। प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनस्स्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न संघसंस्थालाई राप्रपाले आव्हान गरेको छ ।
साथै, भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा संलग्न हुन राप्रपाका विभिन्न निकायलाई अनुरोध पनि गरेको छ ।
गएराति राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।



