काठमाडौं : भोलि काठमाडौं केन्द्रित प्रर्दशन हुन लागेपछि उपत्यका ट्राफिक प्रहरीले सवारी व्यवस्थापनमा कठिनाइ हुने भन्दै अत्यावश्यक काम भए मात्र घरबाट बाहिर निस्कन भनेको छ।
आज एक सूचना जारी गर्दै भोलि विभिन्न समूहले प्रदर्शन गर्ने भएकाले ट्राफिक व्यवस्थामा समस्या हुने भन्दै ट्र्राफिक प्रहरीलाई फोन गरी आफू जाने रुटको अवस्थाबारे जानकारी लिनसमेत भनेको छ ।
भोलि एमाले र दुर्गा प्रसाईंले प्रर्दशन गर्दैैछन्। एमालेलाई प्रदर्शनका लागि तीनकुने क्षेत्र तोकिएको छ भने प्रसाईं समूहलाई बल्खु क्षेत्र तोकिएको छ। सोही कार्यक्रमलाई मध्येनजर गर्दै माइतीघरदेखि नयाँ बानेश्वर तथा राष्ट्रपति र प्रधानमन्त्री निवास नजिकको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ।




