काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू नमर्दासम्म देशमा उथलपुथल भइरहने बताएका छन् ।
सोमबार दिउँसो काठमाडौंमा शहीद प्रतिष्ठान नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै आफू जीवित रहुञ्जेलसम्म देशमा उथलपुथल भइरहने बताएका हुन् ।
घेरा हालेर सिध्याउने कोशिश भएपनि त्यसलाई तोड्दै आएको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म नर्मदासम्म देशमा उथलपुथल भइराख्छ ।’
माओवादी केन्द्र पार्टी निरन्तरतामा रमाएर बस्न नसक्ने पनि उनले बताए ।



