विराटनगर : मोरङमा सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) सोमबार दिउँसो झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
धनपालथान गाउँपालिका-३ स्थित बोर्डर आउट पोस्ट (बीओपी) सोराभागका इन्चार्जसमेत रहेका डीएसपी उपेन्द्र बस्याललाई मृत फेला पारिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
उनका अनुसार कार्यालयभित्र डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको हो । घटनाका सम्बन्धमा थप जानकारी आइनसकेको तिमल्सिनाले बताए ।



