काठमाडौं : आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
बफेलो पार्क इस्ट लन्डन दक्षिण अफ्रिकामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
प्रतियोगिताको समूह डी मा रहेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । समूहको शीर्ष ३ मा पर्दै अर्को चरणमा पुग्न अबका बाँकी खेलमा नेपाललाई जित्नै पर्ने वाध्यता छ ।



