काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
पुष १, २ र ३ गते काठमाडौंमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकको एजेण्डा तय गर्न तथा समसामयिक राजनीतिक, सांगठनिक विषयमा छलफल गर्न उक्त बैठक बसिरहेको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जनाकारी दिए।
बैठक राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो १२ बजे बसिरहेको उनले जानकारी दिए।



