काठमाडौँ : राप्रपाका प्रवक्ता तथा संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वको टोलीलाई भूकम्पग्रस्त क्षेत्रमा खटाइएको छ। उद्धार कार्यमा सहयोग पुऱ्याउनका लागि उनको नेतृत्वमा स्वयंसेवकहरूको टोलीलाई पार्टीले जाजरकोटमा खटाएको हो।
पार्टीको विभिन्न कार्यक्रमको सिलसिलामा अमेरिका भ्रमणमा रहेका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको अभियानमा व्यस्त रहेका शाहीलाई बाँकी सबै कार्यक्रमहरू स्थगन गरेर प्रभावित क्षेत्रमा आजै पुग्न निर्देशन दिएका छन्।
सोहीअनुसार शाही टोली सहित जाजरकोटतर्फ प्रस्थान गरिसकेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।



