काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्माले ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको सार्वजनिक रुपमा आलोचना गरेका छन्।
एमाले अध्यक्ष ओलीले शनिबार जनसंगठन समन्वय संयन्त्रद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालले जाजरकोट भूकम्पपीडितको उद्धार र राहत वितरणको सवालमा पदीय जिम्मेवारी पूरा गर्न नसकेको आरोप लगाए।
राष्ट्रपति पौडेल जाजरकोटमा कांग्रेस बनेर गएको ओलीले आरोप लगाए। माओवादी नेताहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेकाले राष्ट्रपति पनि कांग्रेसको उपस्थिति जनाउन पुगेको आरोप लगाउँदै ओलीले भने, ‘उहाँ राष्ट्रपति बनेर जानुभएन, कांग्रेस छुट्यो भनेर जानुभयो ।’



