काठमाडौं: संविधान दिवसको दिन सरकारबाट आममाफी पाएर छुटेका योगबहादुर ढकाल (रिगल)विरूद्धको मुद्दामा सर्वोच्च अदालतले बिहीबार निर्णय सुनाउने भएको छ।
कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले भोलि (बिहीबार)लाई निर्णय सुनाउने दिन तोकेको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।
संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो। राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्।



