रूकुम: रूकुम पश्चिममा २२ यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ।
सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।
जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको प्रहरीले जनाएको छ।
जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको प्रहरीले जनाएको छ। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्याइएको छ।



