काठमाडौं: रुसी सेनामा कार्यरत तीन जना नेपालीको मृत्यु भएको छ। युक्रेनसँगको युद्धका क्रममा उनीहरूको ज्यान गएको मस्कोस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ।
दूतावासका अनुसार मृत्यु हुनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्र्की, दोलखा मेलुङ ६ सुनारपानीका राजकुमार रोक्का र इलाम ५ इलामका गंगाराज मोक्तान छन्।नेपालीको मृत्युबारे रुसी सरकारले मस्कोस्थित नेपाली राजदूतावासलाई मृत्यु सर्टिफिकेटसहित टेलिग्राममार्फत जानकारी गराएको थियो। त्यसपछि नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको हो।रुसी सेनामा रहेका नेपालीहरूको गत १५ नोभेम्बर गते मृत्यु भएको हो।


