काठमाडौं: विभिन्न पार्टी परित्याग गरि नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) मा प्रवेश गरेका छन्।
नेकपा एमालेका विभिन्न जिम्मेवारीमा बसिसकेका सहकारीकर्मी हल्दिबारीका नेता हर्कबहादुर तामाङ, नेकपा एमालेकै रुपनारायण नेपाल, नेपाली कांग्रेस सम्बद्ध दलित संघका क्षेत्रीय अध्यक्ष मदन ठटाल, तरुण दल हल्दिबारीका पूर्वसचिव धनन्जय उप्रेती लगायतका नेताहरु आज राप्रपामा प्रवेश गरेका हुन्।
उनीहरु सबैलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीमा प्रवेश गराएका छन्।



