काठमाडौं : सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ ।
काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।
हिजाे काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई आज सजाय तोकेको हो ।
ढकालको इजलासले उनीबाट ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश पनि गरेको छ ।यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।



