काठमाडौं : क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’मा गएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिर कुमार ढकालको इजलासमा भएको आजको सुनुवाईमा कानुन व्यवसायीले बहस गर्ने क्रम नसकिएपछि हेर्दा हेर्दैमा गएको हो ।
अब मुद्दाको सुनुवाइ यही इजलासमा बुधवार हुनेछ ।सर्वोच्च अदालतले गत १५ फागुनमा नै यो मुद्दाको चाँडो फैसला गर्न आदेश दिएको थियो । फैसलाका लागि यसअघि पटक पटक पेशी तोकिए पनि मुद्दाको किनारा लाग्न सकेको छैन ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका तत्कालीन कप्तान लासमछानेविरुद्ध गत वर्ष एक किशोरी (नाबालिग)ले बलात्कारको मुद्दा हालेकी थिइन् ।



