मुम्बई : बलिउड अभिनेता अजय देवगनको बहुप्रतिक्षित फिल्म ‘सिंघम अगेन’ निर्माण भइरहेको छ। रोहित शेट्टीको निर्देशन रहेको फिल्म सिंघम फ्रेन्चाइजीको तेस्रो फिल्म हो ।
यो फिल्ममा अजय देवगनको मुख्य भूमिका रहेको छ। यो फ्रेन्चाइजीमा अर्का ठुला अभिनेता अक्षय कुमार पनि प्रवेश गर्दैछन्। फिल्ममा अक्षयकुमार एटीएस चीप वीर सूर्यवंशीका रूपमा देखिनेछन्।
आइतबार रोहित शेट्टीले फिल्ममा खेल्न लागेका पात्रको लुक शेयर गरेका थिए। सो लुकमा उनी हेभी–ड्युटी एक्सन सिनको बीचमा हेलिकप्टरबाट हाम फालिरहेको देखाइएको छ।



