काठमाडाैं : हाइटीमा ४ हजार कैदी भागेपछि आपत्काल घोषणा गरिएको छ ।
हाइटीको राजधानी शहर पोर्ट-अउ-प्रिन्समा रहेको मुख्य जेलमा सशस्त्र समूहले हमला गर्दा करिब १२ जना कैदीको हत्या भएको र ४ हजारभन्दा धेरै कैदीबन्दी भागेपछि आइतबार ७२ घण्टाको लागि आपत्काल घोषणा गरिएकाे हाे ।
घटनापछि विदेश भ्रमणमा रहेका प्रधानमन्त्री एरियल हेनरीको राजीनामा समेत मागिएको छ ।
पोर्ट-अउ-प्रिन्समा थुनामा रहेकामा सन् २०२१ मा राष्ट्रपति जोभेनल मोइजको हत्यामा संलग्न सशस्त्र समूहका सदस्य पनि थिए ।



