काठमाडौँ : काठमाडौँबाट हुण्डी र अनलाइन जुवा कारोबार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२८ घर भएका ४८ वर्षीय रुपेश श्रेष्ठ छन् ।
आरोपीको साथबाट ९९ लाख २ हजार हुण्डी र अनलाइन जुवाको रकम बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ ।
.ब्युरोको टोलीले आरोपीतको बागबजारमा रहेको घर खानतलाली गरेर ८९ लाख ६९ हजार नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गरेको हो।
ब्यूरोले उनिबिरुद्ध राष्ट्रबैंक ऐन–२०५८ अन्तर्गतको कसुर गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।



