काठमाडौं : होलीको बारेमा विवाद हुँदा भएको झडपमा २ जनाको मृत्यु भएको छ । राजधानीको ललितपुरस्थित ढोलाहिटीमा आइतबार साँझ होली खेल्ने विषयमा भएको झडपमा दुई जनाको मृत्यु भएको जनाइएको छ ।
दुई समूहबीच झगडा भएपछि भएको कुटपिटबाट रेवाज राई र पूजन राईको मृत्यु भएको जनाइएको छ । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । मृतकमध्ये पूजनको शव सुमेरु अस्पताल र रेवाजको पाटन अस्पतालमा राखिएको छ ।
घटनामा संलग्न भएको आशंकामा १८ पक्राउ परेका छन् ।



